शनिबार ‘२५ के’को रक्तदान
कास्की | जेठ १३, २०७९
कास्की: ‘२५ के’ फाउण्डेशनले भाेली (शनिबार) रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हरेक वर्ष आयोजना गर्दै आएको रत्तदान कार्यक्रम पोखरा ८ सिमलचौरस्थित क्याफे दि २५’ को प्रांगणमा गरिने संयोजक सुमन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विहान साढे सात बजेदेखि रक्तदान सुरु हुनेछ ।
संयोजक क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत युवाहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताउदै रक्तदान आयोजना गरिएको जानकारी दिए ।
कुनै एक रक्त युनिटले कसैको जिवन बाँच्न सक्ने भन्दै सबैमा रक्तदानको लागि फाउण्डेशनले आह्वान गरेको छ ।
पोखरा: होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...
पोखरा: थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...
पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

